अन्तरमावि छात्रा भलिबल

पोखरा बहुमुखी जिल्लास्तरीय अन्तरमावि छात्रा भलिबल

पोखरा बहुुमुखी क्याम्पस खेलकुद मैदानमा शुक्रबार सुरु भएको उक्त प्रतियोगीतामा कास्की जिल्लाभरका २३ विद्यालयले प्रतिस्पर्धा गरेका थिए
  • केदार अधिकारी
  • भाद्र १४, २०८१
पोखरा बहुमुखी जिल्लास्तरीय अन्तरमावि छात्रा भलिबल

पोखरा । पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको जिल्लास्तरीय अन्तरमावि छात्रा भविबल प्रतियोगितामा विभिन्न ८ विद्यालय आज सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा बहुुमुखी क्याम्पस खेलकुद मैदानमा शुक्रबार सुरु भएको उक्त प्रतियोगीतामा कास्की जिल्लाभरका २३ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धाबाट पश्चिमाञ्चल मावि, गुरुकुल विद्यासदन, शान्ता मावि, मदरल्याण्ड, करुणानिधि एजुकेसन फाउण्डेशन, तालबाराही, कन्या क्याम्पस, र न्यु ग्यालेक्सी क्वाटर फाइनलमा पुगेका छन् । ती विद्यालयहरु आज सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।

क्याम्पसमा विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा बहुमुखी क्याम्पसले बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यसै अन्तर्गत खेलकुदमार्फत् विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्न, प्रोत्साहन गर्ने उद्देश्यले छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् ।

प्रतियोगितामा विजयी हुने विद्यालयहरुलाई विशेष समारोहका बीच नगद, प्रमाणपत्र, सिल्ड र मेडल प्रदान गरिने कार्यक्रमका संयोजक विनोदराज आचार्यले जानकारी दिए ।

प्रतियोगिताका लागि बिलड्रिम इन्जनियरिङ प्रालि, नरु गुरुङ, मारवाडी भोजनालय प्रालि, र रामकृष्ण तथा सुजा बास्तोला लगायतका व्यक्ति तथा संस्थाहरुले प्रायोजन गरेका छन् ।

क्याम्पसले प्रत्येक वर्ष अन्तर विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रतियोगितामा अघिल्लो वर्ष पश्चिमाञ्चल मावि र गुरुकुल विद्यासदनले उपाधि जितेको थिए ।

© 2024 All Rights Reserved | Dhading Press
Designed by: Goji Solution