पोखरा ।
विभिन्न अध्ययनले भन्छ, ‘फेवातालमा प्रत्येक वर्ष १ लाख ४८ हजार मेट्रिकटन ढुंगा, गिट्टी, बालुवा र गेग्रान मिसिन्छ ।’ बर्सेनि जाने भूक्षय र मानवीय अतिक्रमणले गर्दा फेवातालको खुम्चिएको छ । बर्सेनि आइपुग्ने गेग्रानको विकल्प नखोज्ने हो भने २८७ वर्षमा सबै फेवाताल पुरिने विभिन्न सार्वजनिक कार्यक्रममा फेवातलकै विषयमा थेसिस गरेका प्रा डा. देवेन्द्रबहादुर बताउँदै आएका छन् ।
उनले यसअघिदेखि नै फेवातालको आयु कसरी लम्ब्याउन सकिन्छ र माथिबाट बगेर आउने गेग्रानबाट कसरी जोउन सकिन्छ भनेर वैज्ञानिक अध्ययनका आधारमा सरकारले काम अगाडि बढाउन आग्रह गरेका थिए । वन तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सञ्चालित जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाअन्तर्गत भूक्षय रोक्ने एउटा कदम मंगलबार चालिएको छ ।
बर्सेनि फेवातालको मुहान हुँदै बग्दै आउने गेग्रान रोक्न यूएनडीपीको सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका ३ रातोपहिरोमा १० किलो उत्तिसको बिउ छरिएको छ ।
छेउछाउका डाँडापाखामा पहिरो जाने र फेवातालमा आइपुग्ने भएकाले बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीले मंगलबार ड्रोनबाट उत्तिसको बिउ गरेको हो । विज्ञको सल्लाह अनुसार पहिरो गएको ठाउँमा सजिलै उम्रिएर हुर्कने र पहिरो रोक्ने भएकाले उत्तिसको बिउ रोजिएको केन्द्रले जनाएको छ । नजिकै रहेको भकरजुङ र अँधेरीखोला सामुदायिक वनमा खसेको पहिरोले १० हेक्टर क्षेत्रफल यसवर्ष बगाएको छ ।
अँधेरी खोलाको मुहानमा पहिरो खस्दै आएको १० वर्ष बढी भयो ०७२ वैशाखको भूकम्पअगाडि पहिरो त्यति ठूलो थिएन । सानो पहिरो भूकम्प गएको सालको बर्खाबाट प्रत्येक वर्ष पहिरो जान्छ । त्यो गेग्रन आउने फेवातालमै हो । रातोपहिरो लगायत ठाउँबाट खसेको पहिरो बर्खाको बेला उर्लने अँधेरी खोलाले घाँटीछिनास्थित हर्पन खोलामा पुगेर मिसिन्छ । हर्पनखोला फेवातालको शिरान हो । पहिरोले बगेको ढुंगा, माटो, काठपात र ग्रेगान हर्पन खोला हुँदै फेवातालसम्मै पुग्छ ।
मानवीय अतिक्रमणको चपेटामा साँघुरिरहेको फेवातालको क्षेत्रफल रातोपहिराको जस्तै जलाधार क्षेत्रमा खसेका साना ठूला पहिरोले पनि घटाइरहेको विज्ञहरुले ठहर गर्दै आएका थिए । त्यसैका असारलाई रोक्न उत्तिसको बिरुवा रोपिएको बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीका जलाधार व्यवस्थापन अधिकृत अमर अधिकारीले बताए ।
‘फेवातालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व पनि छ । रामसार सूचीमा सूचीकृत छ । पोखराकै पर्यटकीय गन्तव्यसँगै आर्थिक तथा सामाजिक दृष्टिकोणले निकै नै महत्वपूर्ण ठाउँ’, अधिकारीले भने, ‘अहिले क्षेत्रफल पनि घट्दै गएको हुनाले भोलि आर्थिक तथा सामाजिक नकरात्मक असर पर्ने भयो । यसका मुख्य कारण भनेका पहिरो नै हुन् । पहिरोबाट बगेर आउने माटोहरुले फेवाताल पुरिन्छ ।’
जहाँ उत्तीसको बिउ छरियो त्यो ठाउँको भूगोल अत्यन्त कठिन छ । भिरपाखा । पहिरोको जोखिम छ । त्यहाँ उत्तिसको बिउ छर्न । नवीनतम् प्रविधिको प्रयोग गरेर ड्रोनका प्रयोग गरेको अधिकारीले उनले बताए । बिरुवा रोप्दा भूक्षय जाने ठाउँको भूसंरक्षण हुने अधिकारीको भनाइ छ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्ले अफ्ठ्यारा ठाउँमा जाने पहिरोमा विरुवा रोप्नै नसकिने अवस्थाको अन्त्य गर्न ड्रोनबाट विरुवा रोप्ने प्रविधिको विकास गरेको बताउँछन् ।
विभागले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ संस्थानअन्तर्गतको रोबोटिक्स एशोसिएशन नेपालको प्राविधिक सहयोगमा ड्रोनबाट बिउ छर्ने प्रविधिको विकास गरेको हो । उनका अनुसार गत वर्ष ओखलढुंगा र खोटाङमा पर्ने तल्लो दूधकोशी जलाधार क्षेत्रको पहिरोमा ड्रोनबाट विभिन्न प्रजातिको बीउ छरेर परीक्षण गरिएको थियो । गतवर्ष ४० हजार किलो बिउ छरिएको छ ।
रोबोटिक्स एशोसिएशन नेपालका सचिव ओमकार जैसवालका अनुसार बिउ छर्न प्रयोग गरिएको ड्रोन नेपालमै विकास गरिएको हो । जसमा २ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको छ । यो रकम निकै कम भएको उनले बताए । ‘फरक प्रकृतिका सेट बनाएका छौँ । माथिबाट बर्साएर जहाँ मान्छे पुग्न सक्दैन त्यहाँनेर बिरुवा लगाउने भनेर निर्माण ग¥या हौँ’, उनले भने ।
ड्रोनमा बीउ राख्ने भाँडा जडान गरिएको छ । भाँडामा बिउ राखेर ड्रोन उडाइन्छ । पहिरोस्थलमा पुगेपछि बिउ राखिएको भाँडाको ‘नट’ विस्तारै खुला गरेर छरिन्छ । ड्रोनबाट बिउ वर्षाउन सुरुमा पहिरो गएको स्थानमा कहाँ बिउ पार्ने क्षेत्र निर्धारण गरेर नक्सांकन गरिने जैसवालको बताए । ‘कहाँ कति छर्ने? कसरी छर्ने? निर्धारण हुन्छ । नक्सांकनअनुसार नै बिउ छरिन्छ ।
जसबाट अधिकतम् नतिजा आओस’, उनले भने । वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक तथा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाका राष्ट्रिय निर्देशक गणेश पौडेल ड्रोनबाट बिउ छर्ने प्रविधि रातापैरामा सफल भए देशैभर विस्तार गर्ने सुनाए । ‘जहाँ हामी पुग्न सक्दैनौँ । र पहिरोले आक्रन्त भइरहेको छ । त्यस्तो ठाउँमा चाहिएको समयमा चाहिएको प्रजातिको परिमाणमा प्राकृतिक रुपमा बिउ छर्न सक्यौँ भने पहिरो रोकिन्छ’, उनको भनाइ छ ।
श्रोत: https://www.samadhannews.com/2024/08/15/92998/