पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता

  • केदार अधिकारी
  • चैत्र १६, २०८०

उनीहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल, संघ संस्था परिचालन उपसमितिका संयोजक रोहितराज पराजुली, पूर्व अध्यक्ष केशव पाठक र महासचिव राजाराम पौडेलले मेटाए । कार्यक्रममा मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, पूर्व सल्लाहकार सुदर्शन रञ्जित, प्रचार प्रसार उपसमितिका सह–संयोजक विजय नेपाल, सदस्य विजय नेपाली, सञ्चारकर्मी लोकेन्द्र मानन्धर, रेखा ढकाल लगायत सहभागी थिए ।

अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाबलाई ध्यान दिँदै त्रुटी रहित ढंगले अवार्ड कार्यक्रम सम्पन्न गर्न अधिकतम प्रयास गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले प्रतिवद्धता जनाए । खेल संघ र क्लबलाई निरन्तर यसरी नै साथ दिन उनले अनुरोध समेत गरे । संघ संस्था परिचालन उपसमितिका संयोजक रोहितराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव तथा प्रचार प्रसार समितिका संयोजक राजाराम पौडेलले गरेका थिए ।

आठौं सस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरिएको मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जनाए ।

© 2024 All Rights Reserved | Dhading Press
Designed by: Goji Solution